काठमाडौं– नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेकालाई दज्र्यानी चिन्ह प्रदान गरेको छ । सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुवेदार र सुवेदारहरुलाई प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जङ्गी अड्डामा आयोजित एक कार्यकैमकाबीच दज्र्यानी चिन्ह प्रदान गरेको हो ।
सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ती गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा पदपूर्ती गर्नुपर्ने व्यवस्था अनुरुप बढुवा भएका ३३ जना मध्ये शान्ति सेनामा खटिएका बाहेक २७ जनालाई आज प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको हो ।
आजको कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै बढुवा भएका अधिकृतहरुको परिवारजनको उपस्थिति थियो ।
लामो समय सेनामा रहेर योगदान पुर्याएका एवं अनुभव हासिल गरेका पदिकहरुको अधिकृत दर्जामा बढुवाको व्यवस्थाले आन्तरिक वृत्ति विकासमा राम्रो अवसर सृजना भएको र सकलदर्जाको हौसला अभिवृद्धि हुन पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १४:३८