काठमाडाैं - हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको जनाएकाे हाे ।
मौसम पूर्वानुमान बुलेटिनमा देशभर सामान्य देखि पूर्ण बदली रहने उल्लेख छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।।
महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन / चट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदीन आवश्यक सतर्कता अपनाउनु हुन मौसम विभागले अनुरोध गरेकाे छ।
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९ ०८:१३