बनेपा - रोयल लन्ज एण्ड बार र जिवित फाउन्डेशनको संयुक्त आयोजनामामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बनेपा नगर पालिकाका नगरप्रमुख शान्ति रत्न शाक्यले युवाहरुले व्यावसायीक्ता सँगै सामाजिक उत्तरदायीत्व वहन गरेकोमा खुशि व्यक्त गरेका छन् ।
आगामी दिनमा स्मार्ट हेल्थ नेपालसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको र रक्तसचेतिकरण कार्यक्रमलाई बनेपा नगरभरिका सबै वडाहरुमा लैजाने प्रतिबद्धता व्यक्त गर्दैं बनेपामा रगत अभाव हुन नदिनको लागि युवा पुस्ता माझ सचेतना गराएर आवश्यक परेको समयमा तयारी अवस्थामा राख्नुपर्ने बताए ।
बनेपा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष हिटलर शाक्यले आगामि दिनमा पनि सामाजिक कार्यको निरन्तरताको लागि अनुरोध गरेका छन् । रोयल लन्ज एण्ड बारका संचालक प्रविन मानन्धरले रोयल लन्ज एण्ड बारले स्वस्थ मनोरञ्जनका साथमा गुणस्तरिय खानेकुराको सेवासँगै आफ्नो सामाजिक कार्य गर्ने जिम्मेवारीलाई पनि साथ साथमा लैजाने कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम संचालन गरिएको बताएका छन् ।
कार्यक्रममा काभ्रे उद्योग वाणीज्य संघका रियल स्टेट संयोजक सुजन केसी, बनेपा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नृवेश वादे, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख नायव उपरिक्षक रेशम बोहरा, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक सुरेश थापा, टोल सुधार समितीका संयोजक मुनाल भालु, नेपाल पत्रकार महासंघ काभ्रेका सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य कपिल कोईराला, एल एन एन उजेन्सिका संचालक नितिन कायस्थको उपस्थिती रहेको थियो । रक्तदान कार्यक्रममा ४० पिन रगत संकलन भएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९ ०८:५२