काठमाडाैं - काठमाडाैं उपत्यकामा आज सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने छन् ।
काठमाडाैं उपत्यकाबाहिर हुने कारोबार समेतलाई ध्यानमा राखेर बैंक र राहदानी विभागले कार्य खुल्ला गर्ने भएकाे हाे ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आज सार्वजनिक बिदा भए पनि सञ्चालन गर्न निर्देशन दिएको हाे । राष्ट्र बैंकले बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
यस्तै, राहदानी विभागले घोडेजात्राको बिदाका दिन पनि सेवा दिने भएको छ । राहदानीका सूचना अधिकारी खिमानन्द भुसालले बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म विभाग खुल्ने र सेवा दिने बताए । उनका अनुसार आजका लागि आठ सय जनाले राहदानीका लागि फारम भरेका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९ ०९:२९