काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेको छ ।
अन्तरार्रष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिदै उनले सभ्य र सु–संस्कृट समाज निर्माणका लागि आग्रह गरेको हो ।
प्रधानमन्त्रीले भने, “अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सु–संस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९ ११:२०