तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.११ वडाका गरीब परिवारलाई लिजमा जग्गा दिने भएको छ । ६ महिनासम्म खाना नपुग्ने गरीब घरपरिवारलाई पहिचान गरि प्रत्येक परिवारलाई ५ कठ्ठाका दरले जग्गा दिने भएको छ ।
वडाले उत्तरधारा जलाशय निर्माण गरिसकेकाले त्यस आसपासको २० विघा जग्गा लिजमा लिएर त्यो जग्गा किसानलाई उत्पादनकालागि उपलब्ध गराउने तयारी रहेको वडाध्यक्ष मानबहादुर रावतले बताए ।
त्यसकालागि सूचना समेत प्रकाशन गरिएको छ । फागुन महिनासम्म सूचना आह्वान गरिएको र, त्यसपछि गरीब घर परिवार तथा बेरोजगारहरुको मूल्यांकन गरेर जग्गा दिने उनको भनाई छ ।
किसानलाई त्यो जग्गामा फलफूल तथा तरकारी खेति गर्नुपर्नेछ । उत्पादन भएको तरकारी बजरीकरण गर्ने जिम्मा पनि वडाले नै लिने वडाध्यक्ष रावतको भनाई छ ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ १२:०५