नवलपरासी - इन्फिनिटी लघुवित्तद्वारा न्यिदब जनक उच्च मा. वि.मा ग्लोबल विक कार्यक्रम सम्पन्न गरेकाे छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.ले Plan Your Money, Plant Your Future भन्ने उद्धेश्यका साथ जनक उच्च मा. वि. गैडाकोट नवलपरासीमा सम्पन्न गरेकाे हाे ।
सप्ताहव्यापी रुपमा २० मार्चदेखि २६ मार्चसम्म साे कार्यक्रम मा कक्षा ११ र १२ मा अध्ययनरत विध्यार्थीहरु माझ गरी सम्पन्न गरेकाे हाे ।
उक्त कार्यक्रम “वित्तीय साक्षरता सबैमा सचेतना” भन्ने उद्धेश्यका साथ युवावर्गहरुलाई बैकिङ्ग प्रणालीको बारेमा जानकारी गराएको थियो ।Global Money Week (GMW) कहिलेबाट के का लागि र यो किन आवश्यक रहेका भन्ने बारेमा बताइएकाे छ ।
अबको आर्थिक कारोबार भनेको डिजिटल बैकिङको हो, जुनसुकै कारोबार पनि बैक तथा वित्तीय संस्थाबाट गर्नुपर्ने, कर्जा लिइ त्यसको सदुपयोग गर्नुपर्ने, आजको बचत भोलिको भविश्य हुने बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण कुमार लामाले जानकारी गराएका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ ०९:२३