काठमाडाैं -आईएमई मोटर्स र नबिल बैंकबीच सम्झौता सम्पन्न भएकाे छ ।
'कमर्सियल भेइकल' को क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आईएमई मोटर्स र नबिल बैंकबीच गाडीका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको हाे ।
सम्झौता पत्रमा आईएमई मोटर्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेको छ ।
ग्राहकले याे अफरअन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ वटा शो रुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्नेछन् । अशोक लेल्यान्ड ब्रान्डका गाडी किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ ।
नेपाल राष्ट्र बैंकको नीति, निर्देशनअन्तर्गत रहेर कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने विज्ञप्तिमा जनाइकाे छ ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ ०९:२५