- कृष्ण अधिकारी-
नेपालगञ्ज/नेपालगन्जको भेरी अञ्चल अस्पताल मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रकै सबैभन्दा ठूलो र सुविधासम्पन्न अस्पताल हो । सर्पदंशपीडित अर्थात् सर्पले टोकेका बिरामीलाई यो अस्पतालले दिने सेवा नेपालमै उत्कृष्ट ठहरिएको छ । पछिल्लो तीन वर्षमा अस्पताल आएका बिरामीहरूको ज्यान बचाउनमा देखिएको प्रगतिले त्यसको पुष्टि गर्छ ।
२०७१ सालमा सर्पदंशमा परेर अस्पताल आएका ७८ बिरामीमध्ये १४ जनाको मृत्यु भएको थियो । २०७२ मा अस्पताल आउने बिरामीको संख्या ८४ ले बढेर १ सय ६२ पुग्दा मृत्यु हुनेको संख्या सात जनामा सीमित राख्न अस्पताल सफल भयो । त्यसैगरी २०७३ मा अस्पताल आएका ९१ बिरामीमध्ये तीन जनाबाहेक सबैलाई बचाउन सम्भव भयो । २०७४ बैशाखदेखि असार पहिलो सातासम्ममा सर्पदंशको पीडा लिएर अस्पताल आएका १ सय ६६ बिरामीमध्ये कसैको पनि ज्यान गएको छैन ।
विगतमा भ्यान्टिलेटर सहितको सुविधासम्पन्न आइसियु कक्ष र सर्पदंशको उपचारमा लाग्ने दक्ष एवम् लगनशील चिकित्सकको अभावमा सर्पदंशका कैयौँ बिरामीले अकालमै ज्यान गुमाउनु परेको थियो । दुई वर्षयता एक डाक्टरको अथक प्रयासबाट अस्पतालले दुःखद् विगतको ठाउँमा सुखद् वर्तमान मात्र पाएको छैन, बाँच्ने आस मार्दै अस्पताल ल्याइएका सर्पदंशका सिकिस्त बिरामीहरूले समेत नयाँ जीवन पाएका छन् । सुखद् परिवर्तनको यस कथाका नायक हुन् अस्पतालको आइसियुमा कार्यरत डा. कृष्ण आचार्य । उनको अगुवाइमा इमरजेन्सी शाखाका राम कोठारी थारू, प्रेम सुबेदी लगायतका स्थ्यकर्मीहरूले निकै मेहनतका साथ सर्पदंशका बिरामीलाई यही डरलाग्दो वास्तविकतालाई नै आचार्यले बाँके, बर्दिया, कैलाली र सुर्खेत जिल्लाका सयौँ बिरामी बचाउने अठोटको स्रोत बनाए ।
उनी एमबिबिस पढ्दादेखि नै पश्चिमी तराईमा सर्पको विषले लिइरहेको मानवजीवन बचाउने काममा अग्रसरता लिन दृढ थिए । आफ्ना आइएस्सी पढ्दाका सहपाठी डा. राजन पाण्डेले नेपालगञ्जको भेरी अञ्चल अस्पताल बाट सिकलसेल एनिमियाको उपचारमा उल्लेखनीय योगदान गरेर ख्याती कमाएपछि सर्पदंशको उपचारमा पनि त्यस्तै सम्झन लायकको प्रगति गर्ने अठोटका साथ अघि बढेका थिए उनी ।
विगतका बर्षहरूमा एउटा बिरामीको उपचारमा १ सय ३९ भाइलसम्म एन्टी स्नेक भेनम दिएर उपचार गर्ने गरिएकोमा डा. आचार्यको टिमले सरदर १० भाइलमै बिरामी निको पार्ने गरेको छ । दुई बर्षको अवधिमा दुई बिरामीलाई मात्र १० भाइलभन्दा बढी एन्टि स्नेक भेनम लागेको डा. आचार्यले बताए ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमान्डौबाट छात्रवृत्तिमा एमबिबिएसको अध्ययन सकेपछि उनले संखुवासभा, मुगु र काठमाण्डौको कान्ति बाल अस्पतालमा काम गरे । २०७२ असारमा एनेस्थेसियामा एमडि गरेपछि सरकारी दरवन्दीमा नाम निकालेर उनी भेरी अञ्चल अस्पताल नेपालगञ्जमा सेवा गर्न आइपुगे । उनी हाजिर भएलगत्तै अस्पतालको नयाँ भवनमा आइसियु वार्ड सञ्चालन भयो । तत्कालीन अस्पतालप्रमुख डा. श्यामसुन्दर यादवले डा. आचार्यलाई नै आइसियु वार्डको इन्चार्ज तोकिदिए । आफ्नो पढाइ अनुसार अप्रेशन गर्नुअघि बिरामीहरूलाई औषधिबाट बेहोस बनाउने, उनीहरूको दुखाइ कम गर्ने र गम्भीर किसिमका बिरामीलाई आइसियुमा राखेर उपचार गर्ने जिम्मेवारी पाएका डा. आचार्यले सर्पदंशका विरामी बचाउने प्रयत्नलाई आफ्नो थप दायित्वका रुपमा काँध थापे ।
अस्पताल आउने सर्पदंशका बिरामीको उपचारमा उनी केन्द्रित भए । संयोगले आइसियु कक्षसँगै जोडिएको अस्पतालको आवासमा बस्ने सुविधा पाएपछि आफूले चाहेको योगदानका लागि चौबीसै घण्टा सरिक हुने मौका उनलाई मिल्यो । त्यो सुविधाको उपयोग गर्दै सर्पदंशका कुनै पनि बिरामी आएको खबर पाउनासाथ अस्पताल पुगेर उपचारमा सक्रिय हुन थाले डा. आचार्य ।
सर्पको विषले गम्भीर अवस्थामा पुगेका बिरामीहरूलाई आइसियु वार्डको भ्यान्टिलेटरमा राखेर उपचार गर्ने काममा आफ्ना सहकर्मीहरूको टोलीसहित उनी रातदिन खटिए । गम्भीर बिरामीको पलपलको स्वास्थ्य अवस्थाको अवलोकन गर्न मध्यरातमा पनि अस्पताल पुग्ने र आइसियुमै खटिएर उपचार गर्ने तदारुकतामा उनले कुनै कसर बाँकी राखेनन् । भेरी अञ्चल अस्पताल नेपालगञ्जको आईसियु वार्डमा सर्पदंशका बिरामीको उपचार गर्दै डा. कृष्ण आचार्य (वायाँ) र उनका सहयोगी । अघिल्ला वर्षहरूको तुलनामा सर्पदंशका बिरामीको मृत्यु संख्या कम हुँदै गई गत बैशाखयता शून्यमा झर्नु उनको त्यही लगनशीलताको परिणाम थियो । सर्पदंशका बिरामीले पुनर्जीवन पाउनुमा डा. आचार्यको उपस्थितिको मूल्य कति महत्वपूर्ण थियो भन्ने तथ्य दर्शाउन गत वर्षको एउटा घटना पर्याप्त छ ।
२०७३ भदौ ३ देख १७ सम्म डा. आचार्य तालिमका लागि काठमाण्डौ गएका थिए । त्यसै अवधिमा अस्पताल आएका तीन बिरामीको उपचार हुँदाहुँदै ज्यान गयो । उनी फर्किएपछि वर्षभर अस्पताल आएका कुनै पनि बिरामीले सर्पको डसाइकै कारण ज्यान गुमाउनुपरेन । वर्षका बाँकी अवधिमा विषालु सर्पले कसैलाई नटोकेर होइन, अस्पताल आएका बिरामीको उपचारमा डा. आचार्य र उनको टोलीको सक्रिय उपस्थिति भएर त्यो सुखद् नतिजा आएको थियो ।
सर्पदंशका अधिकांश बिरामी अस्पताल आउँदा अर्धबेहोश अवस्थामा हुन्छन् र कतिपय बेहोशै अवस्थामा हुन्छन् । उनीहरूको सेवामा निरन्तर खटिइरहने ३६ वर्षीय डा. आचार्य त्यस्ता बिरामीलाई बचाएर घर फर्काउनुको आनन्दलाई नै आफूले कमाएको सबैभन्दा अमूल्य सम्पत्ति ठान्छन् । ‘बेहोश अवस्थामा आएका बिरामीलाई उपचारपछि निको बनाएर पठाउँदा मिल्ने खुसीले सबै दुःख बिर्साउँछ’– उनी भन्छन् ।
विगतका बर्षहरूमा सर्पदंशका बिरामीको उपचार गर्दा एन्टी स्नेक भेनमको प्रयोगमा बढी र भ्यान्टिलेटरमा राखेर गरिने उपचारमा कम ध्यान पुग्दा बिरामीहरूको मृत्यु हुने गरेको थियो । अहिले त्यस्तो छैन । बिरामीहरूलाई निको हुनेमा आश्वस्त पार्दै उनीहरूको हौसला बढाएर उपचार गर्ने डा. आचार्यको शैली छ । अस्पतालमा उपचारको राम्रो वातावरण र उनको परामर्शका कारण उपचारमा सफल नतिजा देखिएको बिरामी र तिनका आफन्तहरूको अनुभव छ ।
विगतका बर्षहरूमा एउटा बिरामीको उपचारमा १ सय ३९ भाइलसम्म एन्टी स्नेक भेनम दिएर उपचार गर्ने गरिएकोमा डा. आचार्यको टिमले सरदर १० भाइलमै बिरामी निको पार्ने गरेको छ । दुई बर्षको अवधिमा दुई बिरामीलाई मात्र १० भाइलभन्दा बढी एन्टि स्नेक भेनम लागेको डा. आचार्यले बताए । सर्पदंशका अधिकांश बिरामी अस्पताल आउँदा अर्धबेहोश अवस्थामा हुन्छन् र कतिपय बेहोशै अवस्थामा हुन्छन् । उनीहरूको सेवामा निरन्तर खटिइरहने ३६ वर्षीय डा. आचार्य त्यस्ता बिरामीलाई बचाएर घर फर्काउनुको आनन्दलाई नै आफूले कमाएको सबैभन्दा अमूल्य सम्पत्ति ठान्छन् ।
एक भाइल एन्टि स्नेक भेनम बचाउँदा सरकारको लगानी मात्र होइन, औषधिको अभावमा ज्यान जाने अरू ठाउँका बिरामीको ज्यान पनि जोगिन्छ । अहिले दैनिक दुईदेखि तीन जनासम्म सर्पदंशका बिरामीहरू अस्पताल आउने गरेका छन् । अस्पतालको आइसियु कक्षका ६ वटा बेड सर्पदंशका बिरामीले भरिएपछि डा. आचार्यले दुई बेड थपेका छन् । पछिल्ला दिनहरूमा बाँके, बर्दिया, सुर्खेत र कैलालीका सर्पदंशका बिरामीहरूलाई समयमै भेरी अञ्चल अस्पताल नेपालगञ्ज पुग्न सके बाँचिने भरोसा मिल्न थालेको छ । यसको सम्पूर्ण श्रेय डा. आचार्यलाई नै जान्छ । उनको योगदानको चर्चा अस्पतालभित्र र बाहिर सबैतिर व्याप्त छ । डा. आचार्य र उनी नेतृत्वको स्वास्थ्यकर्मीहरूको बिशेष पहलकै कारण सर्पदंशको उपचारमा शतप्रतिशत सफलता हासिल भएको सोही अस्पतालका फिजिसियन डा. राजन पाण्डे बताउँछन् ।
डा. आचार्यको सक्रियता सर्पदंशको जोखिमबाट सर्वसाधारणलाई बचाउन अस्पताल आउने बिरामीहरूको उपचारमा मात्र सीमित छैन । समुदायमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका उनले विद्यालयहरूमा सर्पदंशबाट बच्ने उपायका बारेमा सचेतनामुलक कक्षाहरू समेत चलाउँदै आएका छन् ।
सर्पदंशको उपचारमा उनले गरेको मेहनत र प्राप्त गरेको सफलताका कारण स्वास्थ्य मन्त्रालयले उनलाई सर्पदंशको प्रशिक्षकका रुपमा स्वास्थ्यकर्मीहरूलाई तालिम दिने जिम्मेवारी पनि दिएको छ ।
बिरामीका आफन्तको अनुभव ः
मेरो भाई उमेश श्रेष्ठलाई राती सुतेको बेला सर्पले टोकेछ । सुरुमा थाहा भएन । एक्कासि बेहोस भएपछि शंका लागेर नेपालगञ्ज अस्पतालमा पुर्यायौँ । डा. कृष्ण आचार्यले आफ्नो टोलीको सहयोगमा निकै मेहनतका साथ भ्यान्टिलेटरमा राखेर उपचार गर्नुभयो । एक हप्ता लामो उपचारपछि भाइलाई सञ्चो भयो । घाँटीको अप्रेशन गरेका कारण उपचार गर्न कठिन भएको थियो । उहाँले नै काठमान्डौको टिचिङ र ग्रान्डी अस्पतालबाट अरू दुई जना डाक्टर बोलाएर उपचार गरिदिनुभयो । मध्यरातमा पनि भाइको अवस्था बुझ्न उहाँ आउनु हुन्थ्यो । सुविधासम्पन्न र निकै महङ्गो शुल्क लाग्ने अस्पतालका चिकित्सकले भन्दा पनि धेरै चासो र सक्रियता दिएर उहाँले भाइको उपचार गरिदिनु भयो । आज मेरो भाइ डा. आचार्यकै कारणले जीवित छ । भाइलाई दोस्रो जन्म दिने उहाँ जस्तो सहयोगी भावना भएको अर्को डाक्टर मैले भेटेको छैन ।
–उपेन्द्र श्रेष्ठ, नेपालगन्ज
विषालु सर्पदंशका लक्षण :
सर्पले डसेको भागमा दाँतको चिन्ह देखिन्छ तर सधैं यो देखिन्छ भन्ने छैन । डसेको भाग दुख्ने, सुन्निने हुन्छ । घाउ हुने, रगत बग्ने, फोका उठ्ने, नीलडाम बस्ने पनि हुन्छ । डसेको ठाउँ नजिकैका लिम्फ ग्रन्थि सुन्निने, गाँठागुठी बढ्ने हुन्छ । जुनसुकै सर्पले टोक्दा पनि बिरामीहरू धेरै डराउँछन् । उनीहरूमा छिटोछिटो सास फेर्ने, कमजोरी महसुस हुने, पसिना आउने, चक्कर लाग्ने, हातखुट्टा झमझमाउने, पेट र सम्पूर्ण शरीर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, मुटुको धड्कन कम हुँदै जाने, हेर्ने शक्तिमा ह्रास आउने, रक्तचाप घट्दै जाने, बेहोस हुने जस्ता लक्षणहरू देखिन्छन् । त्यसैगरी डसेको घाउबाट रगत बग्ने, गिजा, नाक, मुखबाट रगत बग्ने, छालामा मसिना र ठूलाठूला राता दागहरू देखिने, रगत बान्ता हुने खोक्दा रगत आउने, पिसाबमा रगत देखिने, मष्तिस्कमा रगत बग्ने जस्ता लक्षणहरू पनि देखिन्छन् । सर्पले डसेको लामो समयपछि डसेको ठाउँको मांसपेशी मरेर जाने, अंगहरू काम नलाग्ने, स्नायुमा असर गरेर वा मष्तिस्कमा रगतका नली फुटेर रगत बग्ने, हातखुट्टा नचल्ने, मृगौलाले काम नगर्ने अवस्था आउँछ ।
सर्पले टोकेपछि के गर्नेरके नगर्ने ?
सर्पले टोकेपछि के गर्ने भन्ने ज्ञान नहुँदा धेरै बिरामीको मृत्यु हुने गरेको छ । सर्पले टोकिसकेपछि धेरै आत्तिदा वा डराउँदा हृदयघात समेत हुन्छ । त्यसैले बिरामीलाई उपचारपछि निको हुने विश्वास दिलाएर धेरै आत्तिन नदिई सम्भव भएसम्म नहिडाईकनै जतिसक्दो छिटो अस्पताल पुर्याउनु पर्छ ।
सर्पको विषले गम्भीर अवस्थामा पुगेका बिरामीहरूलाई आइसियु वार्डको भ्यान्टिलेटरमा राखेर उपचार गर्ने काममा आफ्ना सहकर्मीहरूको टोलीसहित उनी रातदिन खटिए । गम्भीर बिरामीको पलपलको स्वास्थ्य अवस्थाको अवलोकन गर्न मध्यरातमा पनि अस्पताल पुग्ने र आइसियुमै खटिएर उपचार गर्ने तदारुकतामा उनले कुनै कसर बाँकी राखेनन् ।
सर्पले टोकेको घाउमा मुखले चुसेर विष फाल्ने चलन पनि छ तर त्यसरी चुस्दा मुखमा हुने व्याक्टेरियाले झन् खराब गर्छ । पश्चिमी तराईको थारू समुदायमा सर्पले टोकेका बिरामीलाई झारफुक गर्न गुरौकहाँ लैजाने चलन छ । त्यसो गर्दा बिरामीलाई निको हुनुको सट्टा अस्पताल पुर्याउन ढिला भई ज्यान जाने खतरा झन् बढी हुन्छ ।
बिषालु सर्पको टोकाइबाट मुटु र मस्तिष्कमा विषको असर पुगेपछि बिरामीको मृत्यु हुने गर्छ । सर्पको विष शरीरका अन्य भागमा फैलिन नदिन टोकेको भागलाई सकेसम्म हल्लाउनु वा चलाउनु हुँदैन । घाउबाट बिष मुटु तथा मस्तिष्कमा जान नपाओस् भनेर डोरी तथा कपडाले बाँध्ने चलन पनि छ तर त्यसरी बाँध्दा रक्तसञ्चारमा अवरोध पुग्न गई दुख्ने, सुन्निने, नीलो हुने र कोषहरू मर्ने खतरा हुन्छ । त्यसैले बाँध्नु हुदैन । घाँसदाउरा गर्दा बुट जुत्ता लगाउनु र झाडीमा जाँदा होसियार हुनु नै सर्पदंशबाट बच्ने उपाय हो । तराईको सर्पदंशमा परेका अधिकांश बिरामीहरूलाई राती घरमै टोकेको पाइन्छ । खाटमा झुल लगाएर सुत्ने बानीले त्यस्तो जोखिमबाट बचाउँछ । राति टर्चलाइट बालेर मात्र हिँडेमा बाटोमा भेटिने विषालु सर्पबाट बच्न सकिन्छ । — हाम्रो कथाबाट
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४ १४:२५