काठमाडाैं - मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको स्थानियबासी तथा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुमा शेयर बाँडफाँड गरेकाे छ ।
बिहीबार मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने व्यक्तिहरुमा शेयर बाँडफाँड गरेकाे हाे ।
कमलादीमा रहेकाे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीले ७,६०,००० कित्ता शेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको १,५२,००० कित्ता शेयर बाँडफाँड गरेकाे हाे ।
स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने स्थानियबासीको हकमा १० कित्ता देखि ९,९९० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३,५१४ आवेदकहरुलार्ई जम्मा ६,७८,६०० कित्ता शेयर बाँडफाँड गरेकाे छ ।
नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि २,०१० कित्ता सम्म आबेदन दिने १५,०४१ आवेदकहरुलाई १० कित्ता, र २० कित्ता देखि २,०१० कित्ता सम्म आवेदन दिने १२,११७ जना मध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १,५२,००० कित्ता शेयर बाँडफाँड भएको हो ।
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइटबाट पनि हेर्न सकिने व्यवस्था मिलाएको जनाइएकाे छ ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ १५:०२