बुटवल – लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् ।
लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ १२:५२