काठमाडौं– बैंक अफ काठमाण्डू र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंक अफ काठमाण्डूका ग्राहकलाई सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रा. लि. को सिमित सेवा प्रयोगवापत बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ ग्रुपका ब्यापार विभागका निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे । यस सम्झौतापश्चात् सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटी प्रा. लि.को ६ होटल, ३ रिसोर्ट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरूमा छुट उपलब्ध हुनेछ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरू, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको उक्त सम्झौतासम्बन्धी कार्यक्रममा जानकारी दिइयो ।