काठमाडौं– काठमाडौंको वीर हस्पिटलमा उपचार गराइ रहेका २२ वर्षीया खगराज सिग्देलललाई लायन्स क्लब अफ काठमाडौं एभरेष्ट ८८४८ र इम्पेरियल कोअपरेटिभ सर्भिसले आर्थिक सहयोग गरेको छ । सुक्ला गण्डकी ११ पुरानो राइपूर ०२ स्थायी घर भएका खगराज क्यान्सर पीडित हुन् ।
उनको उपचार सहयोगको लागि लायन्स क्लब र इम्पेरियल कोअपरेटिभको सयुक्त आयोजनामा उनलाई नगद रु ९१,००० (अक्षरुपी एकानब्ये हजार) सहयोग गरेको हो ।
क्लबका अध्यक्ष लायन्स् कमल बराल, सस्थापक अध्क्ष्य लाइन्स् गणेश ढकाल, क्लबका पूर्व अध्क्ष्य लाइन्स् जि पी शर्मा , क्लबका भाइस प्रेसिडेन्ट लाइन्स् जगन्नाथ पौडेल, क्लब डाइरेक्टर् लाइन्स् राम कुमार बस्नेत, क्लब ३२५ आइ का इलेक्ट डिजी लायन चन्द्र कुमार के सि लगायत इम्पेरियल कोअपरेतिभ सर्भिसका कार्यकारी प्रमुख दिपक शर्माको प्रमुख अतिथिमा सयुक्त रुपमा बिरामी खगराज सिग्देललाई सो रकम हस्तानतर गरिएको हो ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९ १४:२५