काठमाडौं– सानिमा बैंक लिमिटेडले काठमाडौंको जोरपाटीमा ७९औँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) द्वारा संयुक्त रूपमा उद्घाटन गरे । उक्त अवसरमा सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखाविस्तार गर्दै जाने नीति लिएको बताए । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जोरपाटी शाखाबाट गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । यस शाखासँगै बैंकले ७९ वटा शाखा कार्यालय तथा ७९ ए.टि.एम. बाट बैंकिङ सेवा दिँदै आएको प्रमुख निक्षेप व्यवस्थापक बिलम बास्तोलाले बताए ।