काठमाडौं– कैलाली, धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित दिपनगर टोल बस्ने दिले भुलको छोरा ९ वर्षीय बिमल भुलको सोही ठाउँस्थित शिवगंगा नदीमा नुहाउने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
बाँके, राप्तीसोनारी गाउँपालिका–९ स्थित दिदीको घरमा आएका सल्यान सल्ली बजार घर भई भारतमा बस्दै आएका रुपलाल विकको छोरा १३ वर्षीय रोशन विकको सोही ठाउँस्थित झिरझिरे खोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ १०:३४