काठमाडौं– नेपाल बंगलादेश बैंकले बालाजु औद्योगिक क्षेत्रस्थित रहेको इन्फिनिटी ल्याब्समा बनेको ह्वीलचेयर १० अपांगता भएको व्यक्तिहलाई हस्तान्तरण गरेको छ । बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीले नेपालमा पहिलोपटक बनाएको उक्त ह्वीलचेयर नेपाली परिवेश अनुसारको निर्माण गरिएको बताइएको छ । उक्त अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौंका महासचिव गणेश के. सी.को उपस्थितीमा धादिङ, पोखरा, काठमाडौं, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिलाई सो उक्त ह्वीलचेयर प्रदान गरेका थिए ।