काठमाडौं– महालक्ष्मी विकास बैंक लि.ले ग्राहकको सन्तुष्टिका लागि महालक्ष्मी उद्यमशील कर्जा योजना अन्तर्गत नियमित रूपमा कर्जाको किस्ता÷ब्याज भुक्तानी गर्ने ग्राहकलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ । ग्राहकले नियमित रूपमा कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरूप बैंकले उक्त शुल्क फिर्ता गरेको बैंकले जनाएको छ । बैंकले प्रदान गरेको उक्त सुविधाबाट यस आर्थिक बर्षको असोज मसान्तसम्म करिब ६० जना ग्राहक लाभान्वित भएको बैंकले जनाएको छ । बैंकले हाल १ सय २ वटा शाखा तथा ३५ वटा एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।