विराटनगर – कोशी प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाएका पदम लिम्बू ‘लाजेहाङ’ को परिवारलाई प्रदेश सरकारले ३ लाख रूपैयाँ दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गरेको छ ।
प्रदेश सरकारले घटनाको सम्बन्धमा संघीय सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडीको निर्देशकमा प्रदेश सचिव कृष्ण सापकोटालाई जिम्मेवारी दिएको छ ।
बैठकले प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ १३:५०