काठमाडौं — द ईन्साईट भिजन कलेजले सर्वाधिक पुरस्कार राशीको हब ईन्टरनेश्नल एजुकेशन ईन्टर प्लस टू फुटसल प्रतियोगिताको उपाधि उचालेको छ । सोमबार भएको खेलमा कुमारी एकेडेमीलाई सडनडेथमा पराजित गर्दै द ईन्साईट भिजनले उपाधि उचालेको हो ।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । निर्धारित समयको खेलमा द ईन्साईट भिजनका सुजन नेपालीले दुई गोल गरेका थिए । कुमारी एकेडेमीका सुमन लामा र राज तामाङले एक एक गोल गरेका थिए ।
उपाधिसँगै ईन्साईट भिजनले ट्रफी सहित १ लाख २५ हजार रूपैयाँ प्राप्त गर्याे । उपविजेता बनेको कुमारी एकेडेमीले ६० हजार रूपैयाँमा चित्त बुझायो ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६ ०७:१५