काठमाडौं– आन्दोलन गर्न तराईबाट काठमाडौँ आएका मिटरब्याजी पीडितहरू पशुपति धर्मशाला जान तयार भएका छन् । सरकारको समन्वयमा मिटरब्याजी पीडित पशुपति धर्मशाला जान तयार तयार भएका हुन् ।
सोमबार काठमाडौँ आइपुगेका मिटरब्याजी पीडितहरुले खुलामञ्चको सडकमै रात काटेका थिए । वृद्धवृद्धा, महिला र वालबच्चासहित आएकालाई समस्या भएपछि पशुपति धर्मशाला जान तयार भएका छन् । मिटरब्याजी पीडितलाई उतै खान बस्ने सबै व्यवस्थासमेत गरिने बताइएको छ ।
मगलबार बिहान उनीहरु नक्सालसम्म पुगेर धर्ना दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १४:४७