कास्की - कास्कीको अन्नपूर्ण गाउँपालिकाका युवालाई लक्ष्य गरी सोमबारदेखि ट्रेकिङ गाइड तालिम सुरु भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको आयोजना र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोगमा सोमबारदेखि निशुल्क ट्रेकिङ गाइड तालिम सुरु भएको हो ।
अन्नपूर्ण आधार शिविर, घान्द्रुक जस्ता पर्यटकीय गन्तब्य रहेको पालिकामा पहिलो पटक गाउँपालिकाले स्थानीय स्तरमै निशुल्क रुपमा तालिम आयोजना गरेको हो ।
साे तालिम १५ दिनसम्म संचालन हुने जनाइएकाे छ ।आयाेजकका अनुसार तालिममा ११ वटै वडाका युवाहरु सहभागी रहेका छन् ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोगमा सुरु भएको तालिममा पदयात्रासँग सम्बन्धित विभिन्न सैद्धान्तिक र प्रयोगात्मक सीप सिकाइने आयाेजकले जनाएकाे छ ।
गाउँपालिका क्षेत्रभित्र आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र बेरोजगार युवालाई पर्यटन र रोजगारसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको पालिकाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १५:२७