काठमाडाैं - कोशी प्रदेशको नामकरणको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा हान्न थालेपछि प्रहरीले लाठी चार्ज गर्दा झडप भएको हाे ।
अहिले प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा केही प्रदर्शनकारी घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रदेश सभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरूले आन्दोलन गरिरहेका छन् ।
केही दिनअघि आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा ज्यान गएपछि आन्दोलन झन् चर्किएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १५:४०