काठमाडौं- सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज अन्तिम रुप दिइने भएको छ ।
मस्यौदामाथि विस्तृत छलफल गरेर टुङ्गोमा पुग्ने तयारी सत्ता साझेदार दलहरुले गरेका छन् ।
गठबन्धनको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस गरेका थिए ।
नेपाली काँग्रेसका नेता रमेश लेखकका अनुसार हिजोको बैठकमा पेस भएको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल गरेर आज पूर्णता दिने सहमति भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आजको बैठकबाट सरकारको न्यूनतम साझा कार्यक्रमका साथै मन्त्रिमण्डल विस्तार र मन्त्रालय बाँडफाँट लगायतका सबै विषय टुङ्ग्याउने निर्णय भएको जानकारी दिए ।
File photo
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ ०९:५२