दोलखा– वन्यजन्तुको आनिवानी र त्यसबाट बच्ने उपाय सम्बन्धि एक दिने सचेतना कार्यक्रम मङ्गलबार दोलखाको सिङ्गटीमा सम्पन्न भएको छ । गौरीशंकर सरक्षण क्षेत्रकोआयोजनामा भएको सो कार्यक्रममा गौरीशंकर गाउपालिकाको वडा न ६,७,८,९ का सरक्षण ब्यबस्थापन समितीका अध्यक्ष तथा सचीवको सहभागी रहेको थियो भने बिगु गाउपालिकाको सरक्षण ब्यबस्थापन समितिको पदाधिकारीको सहभागीता रहेको थियो ।
कार्यक्रममा वन्यजन्तुको किसिम त्यसले देखाउन व्यबहार र आक्रमणबाट बच्ने उपाय जंगली जनावरबाट घरपालुवा जनावरलाई जोगाउने तरिका याक तथा चौरीको बिमा चोरी सिकारी नियन्त्रण जङ्गल जादा उपभोक्तले ध्यान दिनुपर्ने कुरा सरक्षण क्षेत्र भित्र पालना गर्नुपर्ने नियम जङ्गल छेउछाउ बसोबास गर्ने बासिन्दाले अपनाउनुपर्ने साबधानी वन्यजन्तुले मानिसलाई आक्रमण गर्ने कारणका विषयमा सरक्षण क्षेत्र आयोजनाका निमित्त आयोजना प्रमुख तथा सूचना अधिकारी तुलसी प्रसाद दहालले प्रशिक्षण दिएका थिए भने रेन्जर प्रमोदराज रेग्मीले प्राकृतिक वनपैदावरको समुचित प्रयोग वन सम्बन्धि नियमावलीको विषयमा प्रशिक्षण दिएका थिए ।
हाल गौरीशंकर सरक्षण क्षेत्र आयोजनामा सिमित आन्तरिक स्रोत र दातृ निकायको सहयोगमा चल्ने भएकोले आर्थिक अभावको समस्या खेप्नुपरेको र आयोजना जतिसुकै आर्थिक अभावमा गुज्रिएपनि उपभोक्त तथा सरक्षण ब्यबस्थापन समितिलाई दिदै आएको सेवा सुबिधामा भने वन्चित नगराउने निमित्त प्रमुख दहाल बताएका छन।
कार्यक्रममा ब्यबस्थापन समितिको पदाधिकारीहरुले योजना प्रस्ताव पेश गरेका थिए भने हाल गौरीशंकर सरक्षण क्षेत्र आयोजनाले शिक्षा स्वास्थ पर्यटन खानेपानी सुधारिएको खोर निर्माण सुधारिएको चुलो वितरण लगाएतका सुविधा आफ्नो कार्यक्षेत्रका नागरिकलाइ दिदै आएको छ।
हाल यस आयोजनाले २१७९ वर्गकिलोमिटर क्षेत्र ओगटेको छ भने समुद्र सतह देखि ९६८ मिटरबाट ७१८१ मिटरसम्म रहेको छ। भने दोलखाको साविकको १४ वटा गा बि ससिन्धुपाल्चोकको ६ वटा र रामेछापको २ वटा गरि जम्मा २२ वटा गा वि स लाई कार्यक्षेत्र बनाइ प्रधानकार्यलय दोलखाको सिङ्गटिमा अवस्थित छ भने इलाका सरक्षण कार्यलय सिन्धुपाल्चोक र रामेछापको सिवालयमा सरक्षण चेकपोस्ट रहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ १२:३९