- खेम बिष्ट -
नेपालगंजमा पानी पर्ना साथ जताततै जलमग्न हुनुमा स्थानियहरुको पनि दोष छ किन भने आफुलाई घरमा चाहिने दैनिक उपभोग्य सामान बजारबाट किनेर ल्याउँदा प्रयोग गरिएको प्लास्टिक र घर बाट निस्केको फोहोरलाई जथाभावी सडक र नालामा फाल्ने काम नीयहरुबाटनैं हुन्छ । सडक र नालामा यसरी अव्यवस्थित रुपमा फोहोर फाल्नाले नाला भरीएर बन्द भई पानी सहजै पास हुन नसक्दा यत्रतत्र जलमग्न हुने गरेकोछ । नेपालगञ्जका बिभिन्न सडक छेउ फुटपातमा अव्यवस्थित ढँगले लगाईने नास्ताका ठेलाले बढि फोहोर उत्पादन गरिरहेका छन् । त्यती मात्र नभई ठुल—ठुला पसल, होटेल र घरबाट पनि अझ धेरै फोहोर जथाभाजी सडकमा र नालामा फाल्ने गरेको पाईन्छ । नेपालगञ्ज भित्रका कुनै पनी नाला सफा छैनन । जता हे¥यो नालामा प्लास्टिकका पोका, बोतल र अन्य फोहोरको थुप्रो देखिन्छ । यसरी नाला बन्द हुँदा सहर दुर्गन्धित त छदैछ साथै महामारी फैलन सक्ने सम्भावना पनि त्यत्तिकै छ ।
नेपालगञ्ज जलमग्न हुनेबित्तिकै तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्ने र सारोकारवाला निकाय र नेताहरुलाई गाली गर्ने प्रबृत्ति बढेर गएको छ । फोहोर हामी गर्ने, अनि सफा अरुले आएर गरिदिनुपर्ने भन्ने कुरा एकपटक पनि नसोचेको पाईन्छ । हरेक हप्ता सरसफाई अभियान चलाईएकोछ । जसको अर्थ स्थानीयहरुलाई सरसफाईको सन्देश दिनु हो तर त्यसको प्रभाव फोहर गर्नेहरुलाई पर्न सकिरहेको
छैन । सुतेकालाई उठाउन सजिलो छ तर सुतेको नाटक गर्नेहरुलाई उठाउन गाह्रो छ भनेजस्तै भएको छ नेपालगञ्जवासीहरुलाई सरसफाईका बारेमा जिम्मेवार बनाउने कुरा ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४ १४:३२