बेनी - सिटिजन्स बैंकले बेनी शाखामा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गण्डकी प्रदेश अन्तर्गत बेनी शाखाले आउँदै गरेको १६ औं वार्षिकोत्सवलाई मध्यनजर गर्दै शनिबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हाे ।
सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले बेनी नगरपालिका वडा नं ४ सिंगामा आयोजित शिविरमा १ सय १५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरेको छ ।
बैशाख ७ गते वार्षिकोत्सव मनाउने याेजनामा रहेकाे बैंकले जनाएकाे छ । शिविरमा बेनी सञ्जिविनी हेल्थ क्लिनिकका डा.रोशन आचार्यको नेतृत्वमा रहेको टोलीले सुगर, प्रेसर सहित विभिन्न रोगको चेकजाँच सहित आवश्यक स्वास्थ्य सुझाव दिएको थियो ।
बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । गाउँ गाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो ।
निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ ।
यस बकैंले सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा निरनतर सहयोग गर्दै आइरहेकोमा आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट अगाडि बढाउने योजना रहेको जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेनीबजारमा रहेको शाखा सहिते देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ ११:०५