काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री बन्ने भएका छन् ।
माओवादी केन्द्रले उर्जा मन्त्रालय पाएपछि प्रधानमन्त्रीको रोजाइमा उर्जा मन्त्रालयको जिम्मेवारी उनलाई दिन लागिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताएका हुन् ।
बस्नेतले आज ३ बजे उर्जा मन्त्रीको रुपमा सपथ लिने ती सदस्यले बताएका छन् । बस्नेत यसअघि तीनपटक मन्त्री भइसकेका छन् । २०६८ सालमा स्वास्थ्य मन्त्री भएका बस्नेत २०७२ सालमा गृह र २०७४ सालमा वन तथा वातावरण मन्त्री भएका थिए ।
पहिलो संविधानसभा चुनावमा समानुपातिक सांसद भएका बस्नेत दोस्रो संविधानसभा चुनावमा प्रत्यक्ष निर्वाचित भएका थिए । २०७४ र २०७९ सालको निर्वाचनमा उनी जाजरकोटबाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।
पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुने भएपछि उनी रोकिएका हुन् ।श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री हुने भएका छन् ।
सोही पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका अमनलाल मोदीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको श्रोतले बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ १२:५५