काठमाडौं– रौतहट, वृन्दावन नगरपालिका–७ गढीटोलस्थित इँट्टा उद्योगको पानी जमेको खाल्टोमा डुबेर सोही ठाउँ बस्ने धर्मेन्द्र सहनीको छोरी ६ वर्षीया रेसमी कुमारीको शनिबार दिउँसो मृत्यु भएको छ ।
अछाम, साँफेबगर नगरपालिका– १२ बल्यालत बस्ने धिरेन्द्र बहादुर रावलको छोरा ५ वर्षीय ईश्वर रावलको सोही ठाउँस्थित घट्टेकुलोमा डुबेर शुक्रबार राति मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९ १६:५६