काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बारा–२ मा उम्मेदवारी दिनका लागि बारा पुगेका छन् । बारा–२ लगायत तनहुँ–१, चितवन–२ मा हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता गराउने समय तालिका रहेको छ । बारा–२ मा हुने उपनिर्वाचनका लागि जसपाले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गरेसँग उनी आजै बारा पुगेका हुन् ।
सप्तरी–२ बाट चुनाव हारेका अध्यक्ष यादव बारा–२ को उपनिर्वाचनमा उम्मेदवारी दिने भएका छन् । बारा–२ बाट प्रतिनिधिसभा चुनाव जितेका रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि सो क्षेत्र खाली भएको हो । खाली भएको क्षेत्रमा भइरहेको उपचुनावमा जसपाका तर्फबाट अध्यक्ष यादव, जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दिने घोषण गरेका छन् ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ १४:०१