दोलखा- दोलखाको भीमेश्वर नगरपालिका– ५ ले वृद्धवृद्धालाई लौरो वितरण गर्ने भएको छ। बुढेसकालमा हिँडडुलका लागि सहजता मिलोस् भनेर वडाले स्टिलको लौरो वितरण गर्न लागेको हो ।
७० बर्ष पूरा भएका वृद्धवृद्धालाई सु–स्वस्थ्य र दिर्घायुको कामनासहित लौरो वितरण गरिने वडाले जनाएको छ। वडाध्यक्ष बासु श्रेष्ठले यही २१ गते देखि २४ गते सम्म लौरो वितरण गरिसक्ने जानकारी दिए ।
अनुभवका खानी जेष्ठ नागरिकहरुलाई सम्मान र सहयोग स्वरुप लौरो प्रदान गर्न लागिएको उनले बताए । बुढेसकालमा लौरो बिना हिँडडुल गर्न नसक्ने अवस्था हुन्छ। लामो समयसम्म सम्म एउटै लौरोले काम नगर्ने हुर्दा दिगो रुपमा प्रयोग गर्न मिल्ने गरी स्टिलको लौरो वितरण गर्ने नगरपालिकाले योजना तय गरिएको हो । वडाध्यक्ष श्रेष्ठले जेष्ठ नागरिकहरुको हकहित र अधिकार संरक्षण गर्न वडा कटिबद्ध रहेको उल्लेख गरे।
वडाले यसअघि जेष्ठ नागरिकहरुलाई भ्रमण गराउनुका साथै विशिष्ट व्यक्तित्वहरूसँग भेटघाट समेत गराएको थियो। यस वडामा जेष्ठ नागरिक आरोग्य केन्द्र पनि सञ्चालित छ ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ १५:१६