काठमाडौं– बाल्ट्रा होम एप्लाइन्सेस्ले दशैँ, तिहार तथा छठपर्वको अवसरमा ल्याएको ‘दशैं ल्यायो’ नामक योजनाका विजेताहरूको नाम घोषित गरेको छ । यस योजना अन्तर्गत कम्पनीले बाल्ट्राको बिग तथा स्मल एप्लाइन्सेस्को खरिदमा लक्की ड्र मार्फत ५१ जना भाग्यशाली ग्राहकहरूका लागि आकर्षक उपहारहरूका साथै १ वर्षको अतिरिक्त वारेन्टी जित्ने मौका प्रदान गरेको थियो ।
कम्पनीले यस योजना अन्तर्गतका विजयी ग्राहकहरूको नाम आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको छ । विजयी ग्राहकहरू मध्ये पाल्पाका घन बहादुर सारुले भाटभटेनी, बुटवलबाट खरिद गरेको बाल्ट्रा एप्लाइन्सेस्मा बम्पर उपहारस्वरूप बाल्ट्राको ५५ इन्च स्मार्ट टि.भी. जित्न सफल भएका छन् । त्यसैगरी उक्त योजनाअन्तर्गत २ जनाले ४० इन्च टि.भी., ३ जनाले ३२ इन्च टि.भी., ५ जनाले साउण्ड बार, १० जनाले मिक्सर ग्राइन्डर, १५ जनाले राईस कुकर, र १५ जनाले आइरन जस्ता आकर्षक उपहारहरू जित्न सफल भएका छन् । ईलेक्ट्रोनिक तथा घरेलु सामानहरूमा विविध र नवीन उत्पादनहरू उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ । यसका साथै नेपाली बजारमा बिग एप्लाईन्सेस्को क्षेत्रमा बाल्ट्राले अग्रणी स्थान हासिल गर्ने लक्ष्य लिएको छ ।