पोखरा–अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाले आधारभूत निर्जिवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले माघ १७, १८ र १९ गते लेक साइड, पोखरामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको हो । तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमाव्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाका बारेमा तालिम दिएका थिए । केन्द्रिय कार्यालयका बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्भाह गर्नु पर्ने भूमिकाको वारेमा प्रकाश पारेका थिए भने कम्पनीको पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि (बाली तथा पशुपंक्षी) बीमाको वारेमा प्रकाश पारेका थिए । तालिममा ३८ जना अभिकर्ताहरूको सहभागीता रहेको थियो ।