काठमाडौं– नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । अघिल्लो दिन २० अंकले घट्दै १८ सय ८८ अंकको विन्दुमा रोकिएको नेप्से सूचक आज थप १६.६७ अंकले घट्दै १८ सय ७१.८८ अंकको विन्दुमा झर्न पुगेको हो ।
आज सेन्सेटिभ इन्डेक्स समेत ३.०५ अंकले घट्दै ३५२.७१ अंकमा झर्न पुगेको छ ।
यस्तै, १६ अंकमाथिले नेप्से घटेको यस दिन कारोबार रकम समेत ९२ करोड २ लाख ४९ हजार रुपैयाँ झर्न पुगेको छ । अघिल्लो दिन २० अंकले घटेको बजारमा १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ८७ हजार कित्ता सेयर कारोबार भएको थियो ।
आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । आज पनि कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु बैंक डेभेन्चरको मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।