काठमाडौं – सन्राइज बैंकले आफ्ना ग्राहकहरूको सहजता तथा सुविधालाई मध्यनजर गर्दै होटल, रेष्टुरेन्ट, अस्पताल तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितको सुविधा दिँदै आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले होटल अन्नपूर्णसँग सम्झौता गरेको छ । सन्राइज बैंक लिमिटेड तथा होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरूलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले काठमाडौको दरवारमार्गस्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवनस्थित जगतपुर लज्, तथा पोखरास्थित फिस्टेल लज्मा भुक्तानी गर्दा सन्राइज बैंकको डेबिट र क्रेडिट कार्डमार्पmत भुक्तानी गरेर १५ प्रतिशतसम्मको छुट लिन सक्ने बैंकले जनाएको छ ।