काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. ५ अन्तर्गत बुटवल उपनगरपालिका– ११, रूपन्देही जिल्ला स्थित होराइजनचोकमा ११८औँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले उद्घाटन गरेका थिए । यस शाखासँगै बैंकले ११८ वटा शाखा तथा ६२ एटीइएममार्फत सेवा दिँदै आएको छ ।