काठमाडौं– दोश्रो मदन भण्डारी स्मृती ठमेल रोड रेश च्याम्पियनसिप–२०२० अर्को महिना हुने भएको छ । रन क्लब नेपालले भ्रमण बर्ष–२०२० लाई मध्यनजर गर्दै आयोजना गर्न लागेको उक्त रनरेश फागुन २४ गते हुने भएको छ । उक्त रोडरेशमा स्वदेश र विदेशी गरी करिव ३ हजार खेलाडीहरूको सहभागिता रहने अनुमान गरिएको आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी गराए ।
नेपालका लागि पहिलो अन्तराष्ट्रिय पदक दिलाउन सफल म्याराथन धावक ओलम्पियन जित बहादुर के.सी. र दक्षिण एशियाली खेलकुदमा म्याराथनमा ह्याट्रिकसहित किर्तिमान राख्न सफल ओलम्पियन बैकुण्ठ मानन्धरको समेत सहभागिता रहने रोड रेशमा महिला÷पुरुष ५ कि.मि., छात्र÷छात्रा ५ कि.मि., महिला तथा पुरुष भेट्रान्स ५ मि.मि. र महिला तथा पुरुष कर्पोरेट ५ कि.मि. दौड समावेश गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्, नेपाल एथलेटिक्स संघ र काठमाडौ जिल्ला खेलकुद बिकास समितिको मान्यता रहेको रोड रेशमा विजयी खेलाडीहरूको लागि आकर्षक पुरस्कार रासीको ब्यवस्था गरिने आयोजक क्लबका अध्यक्ष श्रेष्ठले बताए । रेशमा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोग हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६ ०७:५४