एजेन्सी- बंगलादेशको राजधानी ढाकाको एक कपडा बजारमा भीषण आगलागी भएको छ।
सस्तो कपडा बजारका रुपमा चर्चित बंगबजारमा बिहान स्थानीय समय अनुसार ६:१० बजेदेखी आगलागी सुरु भएको हो।
ढाका ट्रिबुनका अनुसार पाँच घण्टाको प्रयासपछि पनि आगलागी नियन्त्रणमा आएको छैन भने हाल आगो निभाउन पानीको समेत अभाव भएको छ।
आगलागी नियन्त्रणका लागि ५० भन्दा बढी दमकल र ६०० भन्दा बढी आगलागी नियन्त्रकहरुले काम गरिरहेका छन्।
बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ।
तस्विर : The Daily Star
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ १३:१९