काठमाडौं– नावालिकालाई सामुहिक जबरजस्ती करणी गर्ने दुई अभियुक्तलाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं ३ घर भई हाल का जि टोखा नपा वडा नं ६ धापासी बस्ने वर्ष २१ को आषिस तामाङ भन्ने निमा तामाङ र काभ्रेपलाञ्चोक महाभारत गा पा वडा नं ७ घर भई हाल का जि टोखा न पा वडा नं ६ धापासी बस्ने वर्ष २१ को कुशल श्रेष्ठ रहेका छन् ।
तामाङले मोवाईल नं प्रयोग गरी आषिस तामाङ नाम राखी नक्कली फेसबुक आइडी खोली पिडितलाई साथी बनाई भेटघाट गरि श्रेष्ठसँग मिलेर फागुन ६ गते पिडितलाई टोखा नगरपालिका वडा नं ३ ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगी सामुहिक जबरजस्ती करणी गरेको थियो ।
करणी पछि उनीहरु फरार रहेका थिए । उनीहरुलाई प्रहरीले चैत २० गते काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी का।जि। टोखा न।पा। वडा नं। ६ धापासीबाट पक्राउ गरिएको हो ।
यस विषयमा अन्य थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाईएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९ १५:३९