काठमाडौं– अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले नेपालमा पनि शाखा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इनासले नेपालमा शाखा विस्तार गरेको हो ।
नेपाली संस्कृतिलाई विश्वभर चिनाउने उद्देश्यसहित स्थापित यो संस्था गैरनाफामुलक भएको जनाइएको छ । सन् २०१२ अगस्ट २६ मा पोल्याण्डको राजधानीबाट सुरु भएको इनासले हाल विश्वका ७३ वटा देशमा शाखा विस्तार गरि सकेको छ ।
नेपालमा नयाँ शाखाको विस्तारसँगै गठन भएको कार्य समितिमा दयाराम पाण्डे संयोजकमा नियुक्त भएका छन् । संस्थाको वरिष्ठ संयोजकमा सुशील पोखरेल, प्रथम सह–संयोजक सुदीपकुमार रेग्मी, द्धितिय सह–संयोजक देवकुमार श्रेष्ठ, सदस्य सचिव गोपाल ढकाल, (छन्दे) र कोषाध्यक्ष्यमा कृपाभक्त महर्जन चयन भएका छन् ।
कार्यसमितिको सदस्यमा दीपिका प्रसाइँ, सलोन बस्नेत, सिन्धु मल्ल, श्रीदेव भट्टराई, कविराज गहतराज, उद्धवप्रसाद भट्टराई, भुमिका शाह, शैलेश डंगोल रहेका छन् ।
यस्तै, कृपा केसी, सुदिप बराल, माधवराज खरेल, किशोर चिपाल, रामेश्वर बुर्लाकोटी, विजय अगवाज, एनराज शिवाकोटी, प्रमोद खरेल, मीरा दाहाल, अर्जुन खरेल, शंकर पाण्डे, प्रविधा अधिकारी, पुष्पा खनाल, रूपेन कोइराला, कल्पना श्रेष्ठ पनि सदस्यमा चयन भएका छन् ।