काठमाडाैं - पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज बुधबार भियतनामसँग खेल्दैछ ।
खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे सुरु हुनेछ । फिफा वरीयतामा भियतनाम ३३ औँ र नेपाल १०० औँ स्थानमा रहेको छ ।
भियतनाम अस्ट्रेलिया–न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्व कपमा प्रतिस्पर्धा गर्ने तयारीमा छ । पहिलो चरणको छनोटमा समूह 'सी' मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् ।
प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाममात्र रहेका छन् । नेपालले दोस्रो खेलमा भियतनामसँग शनिवार खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १०:२३