काठमाडाैं - पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज भने सामान्य बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ३९ अंकले बढेर एक हजार ८ सय ७५ दशमलव शून्य सात बिन्दुमा पुगेको छ ।
आज उत्पादन र निर्जीवन बीमा बाहेक अरु समूहको शेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकममा भने सुधार आएको छैन ।
२ सय ६२ वटा कम्पनीका २६ लाख दुई हजार कित्ता शेयर ८१ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टकाे ६ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भएकाे छ ।
सबैभन्दा धेरै आज कालीञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशत तथा लक्ष्मी लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।
समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरको शेयर साढे चार प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १७:०२