काठमाडौं– राहदानी विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको मुद्दा नचलाउनेको कारण मागेको छ । रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा बुधवार सुनुवाइ सकिएपछि विपक्षीका नाममा यस्तो आदेश जारी भएको हो ।
बुधवार निवेदक पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए । युवराज पौडेल ‘सफल’ले लामिछानेमाथि मुद्दा नचलाउने गरेको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १७:०७