काठमाडाैं - पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ ।
दशरथ रङ्गशालामा भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको हो ।
पहिलो हाफमा नेपाल ३ गोलले पछाडि परेको थियो । दोस्रो हाफमा नेपालले थप २ गोल खायो भने एक गोल फर्कायो ।
नेपालका लागि सावित्रा भण्डारीले ८० औँ मिनेटमा गोल गरिन् । फिफा वरीयतामा भियतनाम ३३औँ र नेपाल एक सयऔँ स्थानमा रहेको छ ।
भियतनाम अस्ट्रेलिया–न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्व कपमा प्रतिस्पर्धा गर्दैछ ।
पहिलो चरणको छनोटमा समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेलेका हुन् ।
प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । नेपाल र भियतनामको दोस्रो खेल आउँदो शनिवार हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९ ०९:१९