काठमाडौं-शैक्षिक सत्र २०८०मा दुई सय २४ दिन मात्र विद्यालय खुल्ने भ एकाे छ । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० को शैक्षिक क्यालेन्डर सार्वजनिक गरेसँगै क्यालेन्डमा २२४ दिन विद्यालय खुल्ने उल्लेख गरिएकाे छ ।
महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८० मा परीक्षा, विदा, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमहरुमा एकरुपता कायम गर्न साे नीति तय गरेका जनाएकाे छ । यसै अनुसार आफ्नो शैक्षिक क्यालेन्डर र शैक्षिक योजना बनाउन महानगरले विद्यालयहरुलाई आग्रह गरेको छ ।
कार्यतालिका अनुसार वैशाख ३ गतेबाट शैक्षिक सत्र सुरु हुनेछ । गर्मी विदा ८ दिन (असार २२ देखि २९ गतेसम्म), प्रथम त्रैमासिक मूल्याङ्कन (साउन २५ देखि भदौ १ गतेसम्म), असोज २८ गतेदेखि मंसिर १ गतेसम्म, दोस्रो त्रैमासिक (अर्धवार्षिक) मूल्याङ्कन पुस १ गतेदेखि ११ गतेसम्म रहेको छ ।
त्यस्तै जाडो विदा पुस १९ गतेदेखि माघ ५ गतेसम्म १९ दिन, अन्तिम मूल्याङ्कन चैत १ गतेदेखि ९ गतेसम्म, चैत १० गतेदेखि अर्को शैक्षिक सत्र सुरु हुने दिनसम्म चालु शैक्षिक सत्रको मूल्याङ्कन, नतिजा प्रकाशन गर्न सक्नेछन् ।
यसै अनुरुप समीक्षा गरी आगामी शैक्षिक सत्रको लागि योजना निर्माण, शैक्षिक सामग्री निर्माण, कक्षाकोठना व्यवस्थापन लगायतको तयारी गर्नुपर्ने छ । शैक्षिक सत्र २०८० मा ५ दिन विद्यालयहरु आफैँले आवश्यकता अनुसार विदा दिन सक्नेछन् ।
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९ १६:२५