काठमाडाैं - जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन सरेको छ ।
निर्धारित समयमा विधान अधिवेशन गर्नका लागि आवश्यक तयारी पुरा नभएकोले जसपाको विधान अधिवेशन सरेकाे एक विज्ञप्ति जारी गरी बताइएकाे हाे ।
साथै सोही समयमा देशमा उपनिर्वाचन भइरहेको र पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनमा लगाउनुपर्ने भएको कारण विधान अधिवेशनका लागि तय गरिएको पूर्व निर्धारित समय परिवर्तन गर्नु परेको हो ।
पार्टीले २०८० जेठ १–३ गते काठमाण्डौमा विधान अधिवेशन गर्ने भएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९ १४:०४