काठमाडौं - आउँदो शैक्षिक सत्र २०८० देखि सूचना प्रविधि र इन्जिनियरिङका विषयमा लुम्बिनी प्राविधिक विश्वविद्यालयले अध्यापन गराउने भएको छ । यसै वर्ष स्थापना भएकाे लुम्बिनी विश्वविद्यालयले लुम्बिनी प्रदेश सरकारको स्वामित्वमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेकाे हाे ।
विश्वविद्यालयका रजिष्टार रेगबहादुर भण्डारीले हाल शैक्षिक कार्यक्रमकाे पाठ्यक्रम निर्माणकाे काम भइरहेकाे बताएका छन् । “विश्वविद्यालयले डीन नियुक्त गरिसकेकाे छ,” उनले भने, “डीनको नेतृत्वमा पाठ्यक्रम निर्माणको काम सक्छाैं ।”
उनका अनुसार विश्वविद्यालयले तयार पार्ने विषय अहिलेको आवश्यकता अनुसार बजारमुखी हुनेछ । विद्यार्थीकाे व्यावसायिक सीप विकास गर्ने गरी उच्च गुणस्तरकाे शैक्षिक कार्यक्रम ल्याउने तयारी भइरहेकाे उनले बताए । विश्वविद्यालयले लुम्बिनी प्रदेश अन्तर्गत रहेका स्थानीय पालिकाका विद्यार्थीलाई प्राथमिकता दिने उनकाे भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९ १६:०५