काठमाडाैं- विश्व स्वास्थ्य दिवस, सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ मनाइँदैछ ।
स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकालाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य संगठनको ७५ औँ वार्षिकोत्सव रहेकोले पनि यो वर्षको विश्व स्वास्थ्य दिवस विशेष रहेको छ ।
सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो । नेपालको संविधानले हरेक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभूत गरेको छ । तर, नि:शुल्क स्वास्थ्य सेवा पाउन भने नागरिकलाई सास्ती छ ।
कतिपय ठाउँका स्वास्थ्य संस्थामा औषधि समेत अभाव छ । नि:शुल्क पाइने औषधि समेत नागरिकले महंगोमा किन्नु पर्ने बाध्यता छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ ०९:१९