काठमाडौं– एनआईसी एशिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका थिए । यस बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिदै आइरहेकामा पछिल्लो पटक सूर्या लाइफ इन्स्योरेन्ससँगको समझदारीले ग्राहकहरू थप लाभान्वित हुने जनाइएको छ । समझदारी अनुसार सूर्या लाइफका ग्राहकले बैंकका इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरूको प्रयोग गरि रकम भुक्तानी गर्न सक्ने जनाइएको छ ।