काठमाडौं– काठमाडौं महानगरपालिका– ६ स्थित सडकमा सुदुरपश्चिम प्रदेश–०१–०१० प २२९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक बझाङ खप्ताङ घर भएका २३ वर्षीय दिपक रावतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चाबहिलस्थित हेल्पिङ ह्याण्डस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
नवलपरासी, (पश्चिम), बर्दघाट नगरपालिका–४ टिसिएन चोकमा लु १ ख ७६२९ नम्बरको बसको ठक्करबाट साईकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका–९ अठलैयापुलस्थित सडकमा लु–७६ प ३४११ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाइएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहा, कल्याणपुर नगरपालिका–४ महुलिया टोलस्थित सडकमा प्रदेश २–०३–०० प ४९३५ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय उमेश महराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका–१ बर्दिबास चोकमा मधेश प्रदेश ०३–००१ ज ०२९७ नम्बरको गाडी र प्र २–०४–००१ प १३२७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गौशाला नगरपालिका– ९ बस्ने ३० वर्षीय मिनेष कुमार कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबासस्थित शुभ– स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९ १६:०२