काठमाडौं– सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले युवावर्ग तथा प्रविधि मैत्री व्यक्तिलाई लक्षितगर्ने अभिप्रायका साथ ‘सिटिजन्स स्मार्ट बचत खाता’ को शुभारम्भ गरेको छ । यस निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकले जुनसुकै शाखामार्फत् शुन्य मौज्दातमा खोल्न सक्नेछन् । यस खाताअन्तर्गत ग्राहकले निःशुल्क अन्तर शाखा कारोबार, अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्युर प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउनेछन् । यस योजनाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, ई–बैकिङ्ग र मोबाइल बैकिङ्गमा प्रत्येक बर्षको बार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउने पनि जानकारी दिइयो ।